तत्कालिन महानिर्देशक निलम्बन हुनपरेको मोबाइल ल्याब भ्यान संचालनमा

काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागको तत्कालिन महानिर्देशक सञ्जीवकुमार कर्ण निलम्बन नै हुन परेको मोवाइल ल्याब भ्यान संचालनमा आएको छ । खरिद प्रक्रियामा घोटला भएको भन्दै कर्ण लगायतलाई मुद्दा परेको थियो ।

लामो समयदेखि विवाद रहेको भ्यान अहिले संचालनमा आएको हो ।

मोबाइल भ्यान खरिदमा घोटला भएको भन्दै १२ करोड ४० लाख ४७ हजार ५५८ रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरिएका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा बुझाएको थियो ।

तर कर्णको पक्षमा अदालतले निर्णय गर्यो । उनी पछि निलम्बन फुकुवा समेत भए ।

यसरी खरिदको विषय नै विवादमा परेर थन्किएको भ्यान संचालनमा आएको छ । ६ वर्षदेखि थन्किएर रहेको मोबाइल ल्याब भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संचालनमा ल्याएको हो ।

विभागले चार वटा भ्यानमध्ये दुई ओटा भ्यान बुधबारदेखि सञ्चालनमा ल्याएको जनाएको छ ।

भ्यानले स्थालगत अनुगमनकै क्रममा खाद्य वस्तुको चेकजाँच गर्न सक्छ । स्थालगत अवस्थामै गुणस्तर पहिलन गर्न सकिन्छ ।

कृषि तथा पशुपन्छि मन्त्री रामनाथ अधिकारी संचालन कार्यको उद्घटान समेत गरे ।

उक्त भ्यान संचालन कार्यक्रममा बोल्दै मानिसहरुमा बढी रोग बढ्नुको मुख्य कारण खानपानमा गुणस्तर नभएर र त्यसमा कतै कमी कमजोरी त भएको छैन भनेर त्यसलाई न्यूनिकरण गर्न यसले सहयोग पुर्याउन सहयोग गर्छ भनि सञ्चालनमा ल्याउने योजना गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आयोजना केन्द्रको नाममा २।२ वटा भ्यानहरु खरिद भएका छन् । ४ वटा भ्यानहरु सञ्चालनमा आए पनी १ वटा उपत्यका रहने छ भने अरु राजमार्ग केन्द्रीत रहेर अनुगमन थाल्न मन्त्री अधिकारीले निर्देशन दिएका छन् ।

दशैँ तिहार नजिकिएसगैँ व्यक्तिले खाने चिजहरुका विषयमा यसले अध्ययन गरोस र सामान्य भन्दा सामान्य नागरिकहरुले पनि खर्चिएर खानु छ बिषादी खानु नपरोस भन्ने उदेश्यले यो भ्यान आजबाट सञ्चालनमा ल्याईएको उनले बताए ।
हामिले नयाँ काम गरेका छैनौं थन्केर बसेको चिजलाई प्रयोगमा ल्याएका हौँ उनले भने ।

२०७५ सालमा २।२ वटा वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान खरिद गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स