वाणिज्य विभाग अनुगमनलाई तिव्रता दिदै

काठमाडौं । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १४ गते बुधवारका दिन उद्योग, फर्महरुको नियमित बजार अनुगमन तथा निरीक्षण गर्दा काठमाडौँमा मूल्य सुची दर्ता प्रमाण पत्र नराखेको, रिलेवलिङ गरेको वा गुणस्तर , परिमाण , मूल्य, नापतौल हेरफेर गरेको आरोपमा अन्य क्षेत्रलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

त्यसैगरी नियमित अनुगमन गर्दा लगनखेलमा खरिद बिल बिजक राख्नु पर्ने तर खारिद विल विजक नराखेको आरोपमा खाद्य वस्तु क्षेत्रलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने अर्को खाद्य वस्तु संस्थान लाई सोहि कारण १५ हजार जरिवाना तिराएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दर्ता प्रमाण पत्र राख्नु पर्ने , मूल्य सूची दर्ता प्रमाण पत्र नराखेको आरोपमा होटल तथा रेस्टुरेन्टलाई ७५ हजार जरिवाना तिराएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकै अन्य खाद्य संस्थालाई सोहि कारण ७५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
नियमित बजार अनुगमनकै समयमा एयरपोर्ट कै किराना पसललाई दर्ता प्रमाण पत्र राख्नु पर्ने , मुल्य सूची दर्ता प्रमाण पत्र नराखेको आरोपमा ६० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

एयरपोर्ट कै अर्को अन्य क्षेत्रलाई दर्ता प्रमाण पत्र राख्नु पर्ने , मूल्य सूची दर्ता प्रमाण पत्र नराखेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

अर्को एयरपोर्ट कै दर्ता प्रमाण पत्र राख्नु पर्ने , मूल्य सूची दर्ता प्रमाण पत्र नराखेको भन्दै मदिरा एवम् सूर्तिजन्य क्षेत्रलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

भक्तपुरको तरकारी तया फलफूल पसललाई १० हजार जरिवाना साहित व्यवसायसंग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन सुझाव दिएको छ ।

त्यसैगरी अन्य क्षेत्र वालाजु , माछामासु पसल नयाँबजार , अन्य क्षेत्र लगनखेल , तरकारी तथा फलफूल पसल काठमाडौं , तरकारी बजार कालीमाटी काठ्माडौँ , तरकारी तथा फलफुल पसल कालीमाटी काठमाडौं , जुत्ता चप्पल पसल काठमाडौं , होटल तथा रेस्टुरे सिनामङ्गल काठमाडौं , मिनि मार्ट भक्तपुर आदि लाई भने सामन्य निर्देशन दिएको छ ।

फर्निचर एण्ड फिक्चर्स भक्तपुर , तरकारी तया फलफूल पसल भक्तपुर , अन्य क्षेत्र कालीमारी आदि लाई व्यवसाय सँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन सुझाब दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स