काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।
बुधबार, नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ९९ लाख ५१ हजार कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १७ करोड ३१ लाख, गुडवील फाइनान्सको १५ करोड ९६ लाख, नेपाल बैंकको १५ करोड २७ लाख, शिवम् सिमेन्टको १३ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।