अमेरिकी डलरको भाउ बढ्यो, अन्य कस्तो छ भाउ ?

काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको हो । पाउन्ड, कुबेती दिनार, युरो, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा थियो।

आज यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा थियो।

पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७९ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ८० रुपैयाँ १७ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०६ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५५ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स