धितोपत्र बोर्ड अध्यक्षको लागि ५ अर्ब कमिसनको फण्डा वर्षमान पुनको हो ?

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति लामो समयदेखि प्रक्रियामै छ । सरकारले अध्यक्ष नियुक्ति गर्न आवेदन माग गरेर ५ जनाको नाम सर्टलिष्ट गरेसँगै आएको विवाद अहिलेसम्म टुङ्गिएको छैन ।

यस अघिको सरकारले यस प्रक्रियालाई निश्पक्ष गर्न नसक्दा विविध विवाद आई अदालतसम्म विषय पुग्न गयो ।

यो बिचमा धेरै आरोप समेत आए । एक महत्वपूर्ण आरोपमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली समेत मुछिएका थिए ।

यस अघिको सत्ता साझेदार दल नेकपा एमाले पनि हो । एमालेका अध्यक्ष अहिलेको प्रधानमन्त्री ओली हुन् ।
उनले बोर्ड अध्यक्ष नियुक्तिको लागि ५ अर्ब रुपैयाँ कमिसन माग गरेको विषष त्यस समयमै आयो ।

र यो विषयमा ओलीले त्यस समयमै बोलेका थिए । र आज प्रधानमन्त्री ओलीले गरेको पत्रकार सम्मेलनमा समेत सो विषय उठान भयो ।

अहिले पुनः सरकारले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइरहेको अवस्थामा पत्रकार सममेलनमै प्रश्न आएको हो ।

जसमा प्रधानमन्त्रीले तत्कालिन अर्थमन्त्री वर्षमान पुन र  सरकार नेतृत्वमाथि नै प्रश्न उठाएका छन् ।

उनीहरुले नै ५ अर्बको फण्डा उठाएको प्रधानमन्त्री ओलीले आज बताएका हुन् ।

उनले भने, ‘त्यस समयै आफ्नो नजिकको मिडियामा ओलीले ५ अर्ब कमिशन माग गरेको विषय लेख्न लगाएको देखिन्छ । त्यो लेख्ने मिडिया उहाँहरुको नजिकको छ ।’

प्रधानमन्त्री ओलीका अनुसार अध्यक्ष नियुक्त हुनेले ५ अर्ब दिन पनि सक्दैन र आफु त्यसमा समेत नलागेको बताए ।
अहिले अदालतको आदेश अनुसार नै थप प्रक्रिया अघि बढाउन लागेको जानकारी दिए ।

सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन ओलीले लविइङ गरेको र ५ अर्बको डिल समेत भैरहेको आरोप आएको थियो । श्रेष्ठले नै अदालतमा गरेको उजुरीमा अदालतले रोकिएको प्रक्रिया अघि बढाउन अहिले भनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स