नेप्सेमा उछाल आउँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७५ लाख ७ हजार कित्ता सेयर ७ अर्ब ६१ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ५१ लाख, नेपाल फाइनान्सको २० करोड ७२ लाख, सीईडीबी हाइड्रोपावरको १९ करोड ७२ लाख, अपी पावरको १८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स