काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर ९४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय ९० रूपैयाँ कायम भएको छ ।