नेप्से ४४ अंकले बढ्दा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९७ लाख १७ हजार कित्ता सेयर ३ अर्ब ७१ करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१० वटा कम्पनीको सेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सर्वोतम सिमेन्टको १७ करोड १५ लाख, शिवम् सिमेन्टको १५ करोड ३३ लाख, नेपाल फाइनान्सको १३ करोड १ लाख, हिमालयन रि इन्स्योरेन्सको ८ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स