नेक्सजेन म्यानेजमेन्टद्वारा लाभांश सहित साधारण सभा आह्वान

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले यहि आश्विन १९ गते साधारण सभा आह्वान गरेको छ। काठमाडौंको होटल यलो पगोडामा हुन गईरहेको सातौ वार्षिक साधारण सभामा कम्पनीले नियमितको साथै विशेष प्रस्ताव पास गर्ने जनाएको छ।

पूर्व बैकंरहरुले सात वर्ष अगाडि सम्पति व्यवस्थापन र सल्लाहका सेवा दिने गरि यो कम्पनी स्थापना गरेका थिए । तर, विविध कारणले २०८१ वैशाख एक गतेबाट मात्र कम्पनीले नियमित कारोबार संचालन गरेको थियो।

कम्पनीको शुरु संस्थापकमा बिएन घर्ती, बलराम बिष्ट, रमेश कुमार भट्टराई, श्रीचन्द्र भट्ट, सुरेश सापकोटा, बिनय उपाध्याय र कमल पन्थी थिए।

कम्पनीले हालै प्रकाशित गरेको सूचना अनुसार आउने साधारण सभामा आ.व.२०८०/८१ को वित्तिय विवरण पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गर्ने र नया संचालक समितिको मनोनयन गर्ने साधारण प्रस्ताव राखेको छ।

त्यसैगरि विशेष प्रस्ताव अन्तर्गत ‘नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि’ रहने गरि कम्पनीको नाम परिवर्तन गर्ने, सोही बमोजिम उद्देश्य र गर्ने काम संशोधन गर्ने, जारी र चुक्ता पुँजी वृद्धि गर्ने तथा समान प्रकृतिको कम्पनीसँग मर्जर एक्विजिसन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा राखेको छ।

कम्पनीले कारोबार प्रारम्भ गरे पछि साना ठुला उधोगपति व्यवसायीको कम्पनी प्रति आकर्षण बढेको थियो। लगानी सम्मेलनमा कोरियन कम्पनीले विदेशी लगानी ल्याउन नेक्सजेनसँग समझौता पनि गरेको थियो।

यसरी कम्पनी संचालनको तीन महिनामा पाँच प्रतिशत लाभांश दिन सफल भए पछि नेक्सजेन म्यानेजमेन्टले कारोबार विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीले छिट्टै नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राईभेट ईक्विटि र भेन्चर क्यापिटल सम्बन्धि कामहरु, सल्लाहकार सेवा र सिमित मात्रामा केही संस्थाको सम्पति व्यवस्थापन संम्बन्धि काम पनि गर्ने कार्यक्रम बनाएको कम्म्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स