महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकले काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई सम्मन गरेको छ ।

यहीँ असोज ११ गते देखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल तामाङलाई बैंकले सम्मान गरको हो ।

असोज १३ गते बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चणिकलाल तामाङले जोखिमका बीच देखाएको अदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङलाई १ लाख नगद सहित सम्मान गरिएको हो ।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स