एलआईसी नेपालले हकप्रद निष्काशनका लागि पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) लाई हकप्रद निष्काशनका लागि अनुमति प्रदान गरेको छ ।

धितोपत्र बोर्डको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले एलआईसीलाई हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो ।

योसँगै, अब कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स