दशैंको टीकाको शुभ साइत सार्वजनिक, कुन देशमा कुन समय उत्तम ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ ।
समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।

जसअनुसार नेपालमा विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ ।

नेपालमा २०८१ असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमीे मनाउनुपर्ने समितिले जनाएको छ ।

अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) भएकाले अष्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ ।

यो पर्व तिथि प्रधान भएकाले श्रवण नक्षेत्र पर्दा यसको प्रशस्त्य हुनेमात्र हो । यो नक्षत्र विजयादशमीको कारक नभएकाले विजयादशमीको टीका नेपालमा असोज २६ गते र अष्ट्रेलियामा असोज २७ गते मनाउन समितिले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स