काठमाडौं । मंसिरमा अधिकांश वाणिज्य बैंकहरुले नाफा बढाएका छन. । वाणिज्य बैंकहरूले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । मंसिर महिनाका लागि बैंकहरूले ब्याजदर बढाएका छन् ।
अधिकांश बैंकहरुको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले अस्ति आइतबार पनि अघिल्लो महिनाको अधिकतम ब्याजदरको १० प्रतिशतमात्र बढाउन निर्देशन दिएको छ । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म रहेको थियो ।
देशमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये ब्याजदर सार्वजनिक गरेका १४ वाािणज्य बैंकको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ । बैंकहरूले कार्तिक महिनाको मुद्दती निक्षेपको अधिकतम सीमाबाट १०.३० प्रतिशत ब्याज बढाएका हुन् । हालसम्म ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको बाहेक सबैको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ ।
कार्तिकमा नराइज बैंकले ब्याज ९.०६, कृषि विकास बैंकको ८.८५, सिटिजन्स बैंकको ८.८, प्रभु बैंकको ८.५७, नेपाल बैंकको ८.३६ प्रतिशत ब्याजदर रहेको थियो ।
मंसिर महिनाका लागि सिभिल बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालय बैंक, माछापुच्छे« बैंक, नबिल बैंक, नेपाल क्रेटिड एण्ड कमर्श बैंकले नाफा बढाएका छन् । त्यसरी नै सिद्धार्थ बैंक, सनराइज बैंक, कृषि विकास बैंक, सिटिनन्स बैंक, प्रभु बैंक, नेपाल बैंकले नाफा बढाएका छन् ।