अब लाभांश घोषणा गर्न ११ विकास बैंक बाँकी, सेयरधनीले कति पाउँछन् लाभांश, क्षमता यस्तो छ

काठमाडौं । नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये ५ वटाले लाभांश घोषणा गरिसकेका छन् । अब ११ वटा विकास बैंकको लाभांश घोषणा हुन बाँकी छ ।

हालसम्म सांग्रिला विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा विकास बैंक र लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेका छन् ।

जसमा २ वटा विकास बैंकको बुक क्लोज भइसकेको छ भने ३ वटा बुक क्लोज मिती तोकिन बाँकी छ ।
हालसम्म लाभांश घोषणा गरेको विकास बैंकमध्ये १९.५ प्रतिशत लाभांश सहित कामना सेवा विकास बैंक पहिलो स्थानमा छ ।

सांग्रिला विकास बैंक र कामना सेवा विकास बैंकको बुक क्लोज भइसकेको छ । सांग्रिलाले १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको छ ।

मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा विकास बैंक र लुम्बिनी विकास बैंकको बुक क्लोज हुन बाँकी छ । यी विकास बैंकले क्रमशः १८.५, ११.५ र १३.७१२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

विकास बैंकहरुको लाभांश दिन सक्ने क्षमता

गरिमा विकास बैंक
गरिमा विकास बैंक गत आवमा ६० करोड ५७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १६.४७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

ज्योति विकास बैंक
ज्योति विकास बैंक गत आवमा ६० करोड ३० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १५.६८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले गत आवमा ५६ करोड ३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १६.७६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

मितेरी विकास बैंक
मितेरी विकास बैंकले गत आवमा १२ करोड ५३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ७९ करोड ७३ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १५.७२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

एक्सेल विकास बैंक
एक्सले विकास बैंकले गत आवमा ९ करोड ९६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १२.२८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सप्तकोशी विकास बैंक
सप्तकोशी विकास बैंकले गत आवमा ७ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई ८.९२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सिन्धु विकास बैंक
सिन्धु विकास बैंकले गत आवमा २ करोड ८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई ३.७३ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

कर्णाली विकास बैंक
कर्णाली विकास बैंकले गत आवमा ३ करोड ६८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ५३ करोड रुपैयाँ छ । बैंकले सेयर धनीलाई ६.९४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

नारायणी विकास बैंक
नारायणी विकास बैंकको गत आवमा विरण योग्य नाफा ऋणात्मक छ । बैंकको वितरण योग्य नाफा २१ करोड ८३ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ छ ।

कर्पोरेट र ग्रिन विकास बैंकले आफ्नो वित्तीय विवरणमा वितरण योग्य नाफा देखाएका छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स