हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८६ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार १८ रुपैयाँदेखि अधिकतम ८६ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१. सावधिक जीवन बीमा योजना
कम्पनीले यस योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ६४ रुपैयाँ बानेस दर तोकेको छ ।

२. सावधिक तथा आजीवन बीमा योजना
कम्पनीले यस योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३६ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरेको छ ।

३. अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना
कम्पनीले यस योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ७१ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ८६ रुपैयाँ बानेस दर तोकेको छ ।

४. जीवन उपहार (अग्रिम भुक्तानी) योजना
यसमा कम्पनीले १६ वर्ष अवधिका लागि ४८ रुपैयाँ र जीवन उपहार (सावधिक) बीमा योजनामा १५ वर्ष अवधिको ३२ रुपैयाँ बोनस दर तोकेको छ ।

५. सावधिक जीवन बीमा योजना
यस योजनामा कम्पनीले ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४९ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७६ रुपैयाँ बानेस दर तोकेको छ ।

६. सावधिक तथा आजीवन बीमा योजना
यसमा कम्पनीले ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४८ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७३ रुपैयाँ बानेस दर निर्धारण गरेको छ ।

७. अग्रिम भुक्तानी सावधिक योजना
यस योजनामा कम्पनीले ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४६ रुपैयाँ र वार्षिक नगद फिर्ता बीमा योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरेको छ ।

८. सुरक्षित भविष्य जीवन बीमा योजना
यस योजनामा कम्पनीले ० देखि १४ वर्ष अवधिको १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर तोकेको छ ।

९. ३० वर्षे जीवन रक्षक (सिमित भुक्तानी), सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजना
यस योजनामा कम्पनीले ० वर्षदेखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरेको छ ।

१०. सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना
यस बीमा योजनामा कम्पनीले ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर तोकेको छ ।

११. सिमित भुक्तानी सावधिक जीवन बीमा (एकल) योजना
यसमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४५ रुपैयाँ बानेस दर तोकेको छ ।

१२. सिमित भुक्तानी सावधिक जीवन बीमा योजना
यसमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिको ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर तोकेको छ ।

१३. सावधिक तथा आजीवन जीवन बीमा योजना
यस योजनामा कम्पनीले ० देखि ९ वर्ष अवधिको प्रतिहजार ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७४ रुपैयाँ बानेस दर निर्धारण गरेको छ ।

१४. सिमित भुक्तानी सावधिक तथा आजीवन जीवन बीमा योजना
यस योजनामा कम्पनीले सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३३ रुपैयाँ बानेस दर तोकेको छ ।

१५. अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा
यसमा कम्पनीले ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३० रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरेको छ ।

१६. जीवन आधार जीवन बीमा योजना
यसमा सबै अवधिमा प्रतिहजार ५० रुपैयाँ, जीवन सम्पन्न बीमा योजनाका सबै अवधिको ५३ रुपैयाँ, जीवन उत्थान बीमा योजनाका सबै अवधिमा ४० रुपैयाँ, जीवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

१७. बालबच्चा सावधिक जीवन बीमा योजनामा
यस योजनामा कम्पनीले ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ बानेस दर निर्धारण गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स