बीमा कम्पनीले दुई महिनामा संकलन गरे मोटर बीमाबाट २ अर्ब २० करोड

काठमाडौं । बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दुई महिनामा २ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । भदौ मसान्त सम्मको मोटर बीमालेखहरुबाट कुल २ अर्ब २० करोड ४१ लाख सङ्कलन गर्न सफल भएको बीमा प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले भदौ मसान्त सम्मको निर्जीवन बीमा गर्ने बीमकहरुले बीमालेखहरुबाट सङ्कलन गरेको बीमाशुल्कको तथ्याङ्क सार्बजनिक गरेको छ ।

जस अनुसार प्रदेशगत विवरण हेर्दा सबैभन्दा बढी मोटरबीमाको बीमा शुल्क बाग्मती प्रदेश रहेको छ ।
जसमा १ अर्ब ३६ करोड ९३ लाख संकलन भएको देखिएको छ । रहेको छ भने सबै भन्दा कम कर्णाली प्रदेशमा २ करोड ७९ लाख संकलन भएको छ ।

त्यस्तै कोशी प्रदेशमा १७ करोड ४६ लाख रहेको छ । त्यसैगरी मधेश प्रदेशमा १३ करोड ९३ लाख सङ्कलन गर्न सफल भएको छ । गण्डकी प्रदेशमा १७ करोड ७० लाख रहेको छ भने लुम्बिनी प्रदेशमा २४ करोड ५८ लाख सङ्कलन गर्न सफल भएको छ ।

सुदुरपश्चिम बाट ७ करोड ३ लाख संकलन भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स