काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ६१ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।