प्राइम कमर्शियल बैंक १८ वर्षमा प्रवेश, देशको आर्थिक समृद्धिमा इँटा थप्दै जाने

काठमाडौं । आजदेखि प्राइम कमर्शियल बैंक १८ वर्षमा प्रवेश गरेको छ । २१ औँ वाणिज्य बैंकको रूपमा प्राइम कमर्शियल बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको यस बैंकले देशभर १९४ शाखाबाट आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

देशको समृद्धिका हरेक पक्ष र पाइलामा ईँटा थप्दै जाने अर्थात सहयात्री बन्ने लक्ष्यका साथ अघि बढेको बैंकको १९ अर्बभन्दा बढी चुक्ता पुँजी रहेको छ । बैंकको २ खर्ब १३ अर्बभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब ९५ अर्बभन्दा बढी कर्जा तथा सापटी प्रदान गरेको छ ।

बैंकमा ३१ अर्बभन्दा बढी पूँजीकोष रहेको यस बैंक स्थापनाको उद्देश्य सबै वर्गका ग्राहकदेखि साना ठूला उद्यमी, कृषकदेखि उपभोक्तासम्मले बैंकमा पहुँच पुग्नु् पर्छ भन्ने थियो । देशमा बैकिङ पहुँच विस्तारसँगै सबै खाले व्यक्तिहरूको जीवनस्तर उकास्ने यस बैंकको मूल गन्तव्य हो ।

विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभेलपमेण्ट बैंक, कनकाई विकास बैंक र कैलाश विकास बैंक गाभेर अहिलेको प्राइम कमर्शियल बैंक बनेको हो ।

सोही उद्देश्य अनुसार बैंकले हाइड्रोपावरदेखि सिमेन्ट फ्याक्ट्रीसहित देशको अर्थतन्त्रलाई बलियो बनाउन मूख्य भूमिका खेल्दै आएको छ । बैंकको राज्य निर्देशित क्षेत्रमा ३०.२७ प्रतिशत लगानी रहेको छ ।

बैंकले कुल कर्जा लगानीमा गत आर्थिक वर्षको अन्त्यसम्म ११.०६ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको छ भने ११.८५ प्रतिशत हाइड्रोपावर क्षेत्रमा र ७.३६ प्रतिशत एमसीएसएमआई क्षेत्रमा लगानी गरेको छ ।

यस्तो छ बैंकको वित्तीय अवस्था
गत आवमा प्राइम कमर्सियल बैंकले आफ्नो खुद नाफा ३.६ गुणाले बढाएर ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । अघिल्लो पटक सोही अवधिमा यस्तो नाफा १ अर्ब २ करोड रुपैयाँ थियो । बैंकले गरेको नाफाबाट बैंकले आफ्ना सेयरधनीलाई ६.१८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नु र खुद ब्याज आम्दानीसँगै अरु आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ । बैंकको ब्याज आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो पटक ७ अर्ब १४ करोड रहेकोमा गत आर्थिक वर्षमा ८ अर्ब छ । गत आवमा लोनलस प्रोभिजन १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ६ रुपैयाँ १८ पैसा हो । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा छ । बैंकको निष्क्रिय कर्जा कुल कर्जा ४.६७ प्रतिशत छ । अघिल्लो पटक यस्तो कर्जा ४.८५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ८६.२० प्रतिशत छ ।

बैंकको मुख्य विजनेस मानिने कर्जा प्रवाह १८.५८ प्रतिशत बढेको छ । असार मसान्तसम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको आधार दर ८. ४९ प्रतिशत छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष (रिजर्भ)मा ११ अर्ब ५२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स