मंसिर महिनाको लागि विकास बैंकमा चार प्रकारको ब्याजदर, वाणिज्य बैंकहरूले यस्तो गरे तयारी

काठमाडौं । वित्तीय अनुशासन कायम राख्न विकास बैंकहरुले ब्याजदरबारे भद्र सहमति गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारीहरुको छलफलले ब्याजदरको सीमा निर्धारण गरेको हो ।

सहमतिअनुसार राष्ट्रिय स्तरका विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर अधिकतम १०.२५ प्रतिशतसम्म र साधारण बचतको न्यूनतम ब्याज ५.२५ प्रतिशतसम्म कायम गर्ने सहमति भएको स्रोतले जनाएको छ । त्यस्तै क्षेत्रीय स्तरका विकास बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.३० प्रतिशत र साधारण बचतको न्यूनतम ब्याज ५.३० प्रतिशतसम्म कायम गर्ने सहमति सीईओहरूबीच भएको छ ।

राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो महिनामा रहेको सोहि वर्गका बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतसम्म मात्रै ब्याजदर बढाउन सक्ने निर्देशन दिएको छ । एकल अंकमा ब्याजदर राख्दा विकास बैंक र वाणिज्य बैंकहरू ब्याजदर अन्तर हुने र निक्षेपजति विकास बैंकमा जाने भएकोले वाणिज्य बैंकहरूले पनि यो महिनाको ब्याजमा १० प्रतिशत बढाउने तयारी गरेका हुन् ।

विकास बैंकहरुले ब्याजदरमा सहमति गरेपनि निक्षेपको ब्याजदर एकल अंकमा राख्ने वाणिज्य बैंकहरुको प्रयास भने असफल भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अधिकतम ब्याजदर एकल अंक मै राख्नको लागि सोमबार दिनभर छलफल गरे पनि अन्ततः ब्याजदर कार्तिकभन्दा १० प्रतिशत बढाए ब्याजदर सार्वजनिक हुने भएको छ । यद्यपि बैंकहरुबीच अधिकतम ब्याजदर ९.७५ प्रतिशतसम्म कायम गर्नको छलफल भएको थियो ।

मंसिर महिनको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत, संस्थागत निक्षेपमा अधिकतम ९.०५ प्रतिशत र साधारण बचतमा न्यूनतम ५.०५ प्रतिशत कायम हुने एक सीईओले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स