नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार
साहस उर्जा लिमिटेड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर र एनएमबि ५० को नगद लाभांशमा मूल्य समायोजन भएको हो ।

जसमा साहस उर्जाको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५१७.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४७९.१७ रुपैयाँ कायम भएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य ५५९.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४७२.६३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एनएमबि ५० म्युचुअल फन्डको १५ प्रतिशत नगद लाभांशमा इकाई मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ११.९६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको इकाई मूल्य १०.४६ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर यी तीन कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स