यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ३२.२१ अंकले घटेर २४८६.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर ४ अर्ब ८४ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपि पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४७ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १७ करोड ७३ लाख, सीईडीबी हाइड्रोपावरको १४ करोड २५ लाख, सानिमा रिलायन्स लाइफको १३ करोड ८५ लाख, नेपाल फाइनान्सको १३ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स