नेपाल टेलिकमका प्रबन्ध निर्देशकको जागिर सुरक्षित, नयाँलाई भने स्वत अवकास

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी फेरि पुरानै पदमा फर्कन पाउने भएका छन् । सरकारले टेलिकमको कर्मचारी विनियमावली, २०७८’ को पहिलो संशोधन नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको जागिर सुरक्षित गरिदिएको छ । लोक सेवा आयोगले हाल कार्यरत प्रबन्ध निर्देशकले आफ्नो कार्यकाल पश्चात् पनि टेलिकममै काम गर्न पाउने व्यवस्था गरिदिएको हो ।

नेपाल टेलिकमको कर्मचारी विनियमावली २०७८ पहिलो संशोधन गरेर लोकसेवा आयोगले प्रबन्ध निर्देशक अधिकारी पुरानै तहमा फर्किएर काम गर्न पाउने भएका हुन । अधिकारी एमडीमा नियुक्त हुनु अघि १० औं तहका कर्मचारी थिए ।

अधिकारी बाहेक अब आउने नेपाल टेलिकमका आगामी प्रबन्ध निर्देशकले भने कम्पनीबाट कार्य अवधि पुरा भएसँगै स्वतः अवकाश पाउने भएका छन् । विनियमावलीको विनियम १३७ मा संसोधन गरेर सरकारले हालका प्रवन्ध निर्देशक अधिकारीको जागिर सुरक्षित बनाइ दिएको हो ।

संसोधित विनियमावलीमा राखिएको प्रावधान अनुसार कम्पनीका कुनै कर्मचारीले ११ औं तहमा ५ वर्ष सेवा अवधि पुरा गरेको खण्डमा वा कुनै कर्मचारीले १० औं तहमा ८ वर्ष सेवा अवधि पुरा गरेको खण्डमा पनि स्वत अवकाशमा जाने भएको हो ।

यो भन्दा अघि प्रबन्ध निर्देशक पदबाट अवकास पाएपछि पुरानै तहमा फर्किन सकिने व्यवस्था थियो । संशोधित विनियमावलीले कार्यकाल सकिएलगतै कम्पनीबाट स्वत अवकाश लिनुपर्ने भएको छ ।

टेलिकम कर्मचारी युनियनले टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले अवकाश पाउनुपर्ने माग राख्दै ३१ दिन अन्दोलन गरेको थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स