काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण हुनेछ ।
साथै, बैठकले कार्तिक १२ गते साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
तसर्थ असोज २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन योग्य हुनेछन् ।