यस्तो छ राष्ट्र बैंकको एकीकृत निर्देशिका, के छ नयाँ ? (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकिकृत निर्देशन २०७८ जारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले गरेको व्यवस्था र त्यसअनुरुप आएका निर्देशनलाई समेत समेटेर राष्ट्र बैंकले निर्देशिका जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमनसम्बन्धी एकीकृत निर्देशिका जारी गरेको छ । मंगलबार जारी एकिकृत निर्देशनमा २०७७ मा भएको नीति, त्यसमा गरिएको संशोधनलाई समेटिएको छ ।

सो निर्देशनमा अहिलेसम्म जारी भएका निर्देशनहरु समावेश गरिएको बैंकका सहप्रवक्ता नारायण पोखरेलले बताए । यो निर्देशिका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि लागु हुनेछ ।

राष्ट्र बैंकले प्रत्येक वर्षको मौद्रिक नीतिले गरेको नयाँ व्यवस्थालाई यसरी नै समेटेर नयाँ निर्देशन जारी गर्ने गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/ABC-Circular-no-7-Unified-Directives-2078.pdf” viewer=”browser”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स