अब ५ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, यस्तो छ लाभांश दिन सक्ने क्षमता, ५ वर्षको लाभांश इतिहाससहित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये २१ वटाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयर धनीहरुलाई लाभांश घोषणा गरिरहेका छन् । अझै नेप्सेमा सूचीकृत ५ वटा वाणिज्य बैंकहरुले सेयरधनीहरुलाई लाभांश घोषणा गर्न बाँकी छ ।

अब सभिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, कृषि विकास बैंक र सेञ्चुरी बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गर्न बाँकी छ । ती बैंकहरु पनि सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने तयारीमा छन् । अबको केही दिनमा यी बैंकले पनि सेयरधनीहरुका लागि लाभांश घोषणा गर्ने छन् ।

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा उच्च लाभांश दिने प्रस्ताव गरेको छ । नबिल बैंकले ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश रहेको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले गत आवमा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई १०.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एनसीसी बैंक
एनसीसी बैंकले गत आवमा ७१ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.९३ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंक गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ छ । बैंकले ६.५८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सिभिल बैंक
सिभिल बैंकले गत आवमा ४९ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ५.७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल एसबीई बैंक
नेपाल एसबीई बैंकले गत आवमा ३३ करोड ९२ लाख रुपैयाँ वितरण योग्य नाफ कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ३.५७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

अघिल्ला ५ वर्षको लाभांश

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स