आफ्नो डिलर नेटवर्क तीव्र गतिमा विस्तार गर्दै जीडब्लुएम

काठमाडौं । जीडब्लुएम नेपाल आफ्नो डिलर नेटवर्क विस्तारमा तीव्र गतिमा अघि बढिरहेको छ। भीजी इम्पेक्स प्रा.लि., नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता र वितरकले, विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ।

जीडब्लुएम नेपालले आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ। यसका साथै, यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर, र बिर्तामोडमा पनि डिलरशिप विस्तार गर्ने योजना बनाएको छ।

यी डिलरशिपहरूले जीडब्लुएम ब्रान्डको लोकप्रिय गाडीहरू जस्तै हभल एच६ एसयुभी, हभल जोलिवन एसयुभी, पीओइआर डबल क्याब पिकअप, वींगल ५ पिकअप, र रेट्रो(आधुनिक ओरा ३ इलेक्ट्रिक क्रसओभरको अनुभव गराउन मद्दत गर्नेछन्।

निकट भविष्यमा जीडब्लुएमले पोखरामा पनि नयाँ डिलरशिप खोल्ने योजना बनाएको छ। यो वर्षको अन्त्यसम्म, अन्य प्रमुख सहरहरूमा थप दुईवटा डिलरशिपहरू थपिनेछ।

ओरा ३ इलेक्ट्रिक क्रसओभर, जुन रेट्रो-आधुनिक डिजाइन र प्रिमियम सुविधाहरूले सुसज्जित छ, एयानसीएपी र युरो एनसीएपी दुबैमा ५-स्टार सेफ्टी रेटिङ पाएको कारण लोकप्रिय बन्दै गएको छ।

जीडब्लुएम नेपालले हभल एन६, हभल जोलियन, जीडब्लुएम पोयर पीक अप वींगल५ पिकअप जस्ता विश्वभर लोकप्रिय मोडेलहरू बिक्री गरिरहेको छ। साथै, निकट भविष्यमा नेपालमा ट्यांक ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स