कामना सेवा विकास बैंकको साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंकले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले सभा असोज ३० गते लिसारा रिसेप्शन भगवती बाहाल नक्साल काठमाडौंमा बिहान १०ः३० बजे डाकेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनसहित) लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सञ्चालक (सर्वसाधारण तर्फ) नियुक्ति समेत सभाले अनुमोदन गर्ने छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तोकिएको व्यवस्था तथा शर्तहरु सहित रु १०० का दरले ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, असोज १४ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स