अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राहरुको भाउ घटेको छ ।

आज अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ३३ रुपैयाँ ९९ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०१ पैसा थियो।

यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५९ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५३ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा थियो।

आज दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १५ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ २० पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स