काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ५९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय २० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।