दुर्गा प्रसाई पछि रवि लामिछाने पक्राउ पर्ने संभावना, यस्तो छ तयारी

काठमाडौं । व्यवसायी तथा अभियान्ता भनेर सामाजिक संजालमा चर्चामा आउने गरेको दुर्गा प्रसाई प्रकाउ परेका छन् ।
उनलाई साइवर क्राइमको आरोपमा पक्राउ गरिएको हो । साथै अदालतमा समेत प्रहरीले पेश गरिसकको छ ।

अब सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पकाउ गर्ने तयारी गरेको छ । उनका पूर्व साझेदारलाई त पक्राउ नैै परिसकेका छन् ।

संसदीय छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ । त्यस मध्ये छविलाल जोशीलाई आज पक्राउन गरिएको हो । जोशी भाग्न लागेको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

छविलाल जोशी प्रहरीका पूर्व डीआईजी समेत हुन् । अब रवि लामिछानेलाई अदालतबाट पक्राउ पुर्जी जारी गराएर पक्राउ गर्ने तयारी छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएसकको छ । जसले प्रहरी पूर्ण निगरानीमा बसिसकेको छ ।

समितिले दिएका गृह मन्त्रालयसँग सम्बन्धित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार भएको गहृ मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयसँग सम्बन्धित सुझाव कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट पत्र प्राप्त भएको र त्यसलाई तत्काल कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार गरेको मन्त्रालयले जनाएको छ ।

विभिन्न सहकारी संस्थाको बचत रकम दुरुपयोग भएको विषयमा र सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्न प्रतिनिधिसभाबाट २०८१ जेठ १५ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गरी सुझाव पेस गर्न समिति गठन भएको थियो ।

समितिले गत भदौ ३१ गते आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिनिधिसभाले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई बुझाएको थियोभने मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

संसदीय छानबिन विशेष समितिले विभिन्न चारवटा विषयमा अध्ययन अनुसन्धान गरी सुझाव तथा सिफारिसका लागि कार्यादेश पाएको थियो । विभिन्न सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा प्रवाह भएको रकमको विषय पनि एउटा थियो ।

छानबिन समितिले सहकारी कानुनविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह गर्ने पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक एवम् निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउन सरकारलाई सिफारिस गरेको थियो ।

गोरखा मिडिया कम्पनीमा रकम पठाएको देखिएका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइएमई को अपरेटिभ्सलगायत कानुनविपरीत कार्य गरेका सहरकारी संस्थाका सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स