स्वाबलम्बनको नाफा र प्रतिसेयर आम्दानी दुबै बढ्यो, कुन सूचकमा कति सुधार ?

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६१ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.९२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ३५ करोड ६१ लाख ८५ हजार नाफा कमाएको थियो ।

लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.६६ प्रतिशत बढेको छ अन्य सञ्चालन आम्दानी ४६.०४ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले १४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष २८.३६ प्रतिशत बढेको छ ।समीक्षा अवधिमा ३.११ प्रतिशत लघुवित्तको सापटी घटेको छ । निक्षेप १४.४१ प्रतिशत र कर्जा १३.९८ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी अर्थात ईपीएस २० रुपैयाँ ७४ पैसा बढेर ६५ रुपैयाँ ६९ पैसा कायम भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.२५ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स