नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार ओरियन्टल होटल्स् लिमिटेड र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा ओरियन्टल होटल्स्को ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिमा कारोबार मूल्य १०३० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ९८०.९५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सीईडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य २०३१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ। समायोजन पश्चात कम्पनीको मूल्य १८२९.७३ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि सोमबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स