नेपाल एयरलाइसका महाप्रबन्धक पौडेल मन्त्रालय तानिए

काठमाडौं । नेपाल एयरलाइसका महाप्रबन्धक डिमप्रकाश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिएका छन् । मन्त्री प्रेम आलेले पौडेललाई निगम जिम्मेवारीबाट मुक्त गर्दै मन्त्रालयमा पदस्थापन गरेका हुन् ।

पौडेलले सोमबारदेखि मन्त्रालयमा हाजिर गरेका छन् । १ वर्षअघि महाप्रबन्धक नियुक्ति पाएका पौडेललाई बर्खास्ती नगरेर मन्त्रालयमा पदस्थापन गरिएको हो ।

गत कात्तिक ८ मा सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेसँगै पौडेल अधिकारबिहीन बनेका थिए । उनको नियुक्त एक वर्ष अगाडि मात्र भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स