यस्तो छ शनिबार विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज शनिबार अधिकांश विदेशी मुद्राहरुको भाउ घटेको छ । आज अमेरिकी डलर, साउदी र कतारी रियाल, कुबेती र बहराइन दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०१ पैसा छ । विगत चार दिनदेखि अमेरिकी डलरको मूल्य लगातार घट्दै आएको छ ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा थियो ।

यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५४ पैसा कायम भएको छ । हिजो यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७४ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ १२ पैसा निर्धारण भएको छ । हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ३९ पैसा थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा थियो।

राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम भएको छ। हिजो साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा थियो।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ। हिजो कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा थियो।

आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ। हिजो यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १७ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९१ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स