यी हुन् आज सर्वाधिक सेयर मूल्य बढ्ने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा पुगेको छ ।

आज २३० कम्पनीको सेयर ५९ हजार ३१६ पटक कारोबार भएको छ । कारोबारमा ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १६२ कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ भने २० कम्पनीको सेयर मूल्य घट्न गई ४ कम्पनीको स्थिर रहन गएको छ ।

बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेकोे छ । आइतबार कम्पनीको प्रति कित्ता सेयर ११ हजार ८२५ रुपैयाँमा कारोवार भएको थियो । आज साताको दाश्रो दिन प्रति शेयर १३ हजार ७.५० रुपैयाँमा खरिद बिक्री भई एक हजार १८२.५० रुर्र्पैया बढेको छ ।

मानुषि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिजो आइतबार कम्पनीको प्रति कित्ता सेयर एक हजार २१.५० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर एक हजार १२३.६० रुपैयाँमा खरिद बिक्री भई सेयर मूल्य १०२.१० रुपैंयाँले बढेको छ ।

तेह्रथुम पावर कम्पनीकोे सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । आज कम्पनीको प्रति कित्ता सेयर ४८३.३० रुपैयाँमा कारोबार भएको छ । हिजो आइतबार प्रति कित्ता सेयर ४३९.४० रुपैयाँमा कारोवार भएको थियो । कम्पनीको प्रति कित्ता सेयर मूल्य ४३.९० रुपैयाँले बढेको छ ।

मैंलुड खोला जल विद्युत कम्पनीको सेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ । आज प्रति कित्ता सेयर ४७९ रुपैयाँमा कारोवार भएको छ भने हिजो ४३७ रुपैयाँमा भएको थियो । कम्पनीको प्रति कित्ता सेयर मूल्य ४२ रुपैंयाँले बढेको छ ।

शिव श्री हाईड्रो पावर कम्पनीको सेयर मूल्य ८.७० प्रतिशतले बढेको छ । आज प्रति कित्ता सेयर ३७५ रुपैयाँमा कारोवार भएको छ भने हिजो ३४५ रुपैयाँमा भएको थियो । कम्पनीको प्रति कित्ता मूल्य सेयर मूल्य ३० रुपैंयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स