काठमाडौं । यस वर्ष विजयादशमी (दशैंको टीका) को साइत पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ ।
जस अनुसार असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो ।
समितिका अनुसार त्यस दिन बिहान ८ बजेर ३३ बजे देवी विसर्जन गरी ११ः३६ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने बताइएको छ ।
पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले उल्लेख गरेको छ ।