चाडवाडको छेकमा चोरी पैठारी बढ्दै, गृह प्रशासनले कति रोक्छ ?

काठमाडौं । दसैं सुरु हुन लागेसँगै भारतबाट चोरी पौठारी भै वस्तु नेपाल भित्रिने क्रम बढ्न थालेको छ । खुल्ला सिमानाको फाइदा उठाउँदै नेपालमा भन्सार छलेर वस्तु आयात धेरै नै हुन थालेको प्रहरीले प्रकाउ गरिरहेको घटनाहरुबाट समेत स्पष्ट हुन्छ ।
बिहिबार मात्रै आलुको बोरा मुनि लुकाइछिपाइ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित दुई जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडौं जाँदै गरेको बीआर ०५ जिडी १३४३ नम्बरको भारतीय ट्रकमा लोड गरिएको  एक करोड ३५ लाख मूल्य बराबरको अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा ट्रक चालक भारत विहार राज्य मोतिहारी जिल्ला तुकालिया पूर्वी चम्पारण सपही निवासी ३० वर्षीय जन्दार आलम र सहचालक सोही ठाउँका १९ वर्षीय मुना मियाँ रहेको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा ट्रकमा तीन सय ४५ बोरा आलुको भन्सार बिल काटेर दुई ६४ बोरा मात्र आलु राखी त्यसको भित्री भागमा ७४ वटा बोरामा करिब  एक करोड ३५ लाख मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा लोड गरेको अवैध रुपमा लैजाँदै गरेको अवस्थामा उक्त ट्रकसहित चालक र सहचालकलाई पक्राउ गरिएको हो ।
तर नेपालको प्रहरी प्रशासनले  सूचना पाउँदा समेत सबै चोरी पैठारीको वस्तु नसमात्न गरेको  आरोप छ ।  गत हप्ता गहृ मन्त्रालयको अधिकारी तथा अर्थमन्त्रलयका अधिकारीहरु समावेश भएको एक कार्यक्रममा चोरी पैठारी रोक्न नसकको आरोप लगेको हो । भन्सार प्रशासनले नै उक्ता आरोप गृह प्रशासन लाई लगाएको हो ।
चाडवाडको  सयममा चोरी पैठारी रोक्न र भन्सारको दायरामा ल्याउन नेपाललाई हरेक वर्ष चुनौती हुँदै आएको छ । बाह्रैमास साना चोरी पैठारीका घटनाहरु बाहिर आउने भएपछि चाडपर्वमा भने थप चुनौति हुने गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स