एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ को लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका छन् ।

कोष व्यवस्थापक एनएमबि क्यापिटलले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ को लाभांश घोषणा गरेको हो ।

जसमा एनएमबि फिफ्टीका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ का इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन दुवै म्युचुअल फण्डको बुक क्लोज असोज ११ गते तोकिएको छ । तसर्थ असोज १० गतेसम्म कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स