बैंकहरूको गैर बैंकिङ सम्पत्ति ३७ अर्ब पुग्यो, एनआईसी एशियाको सबैभन्दा बढी

काठमाडौं । बैंक तथा वित्तिय संस्थाको साउन महिना सम्ममा गैर बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको धितो सकारेको सम्पत्ति १९ अर्ब ९ करोड रुपैयाँमात्रै थियो ।

तर गत आर्थिक वर्षको साउन र चालू आर्थिक वर्षको साउनसम्मको अवधीलाई तुलना गर्दा बैंक तथा वित्तीय संस्थाहरूको धितो सकारेको सम्पत्ति (गैर बैकिङ सम्पत्ति) ९३.३६ प्रतिशतले बढेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने बढेसँगै यस्तो सम्पत्ति बढेको हो । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढेरसँगै यस्तो सम्पत्ति पनि बढेर बढेको हो ।

यो अवधिमा वाणिज्य बैंकहरूको गैर बैकिङ सम्पत्ति बढेर ३१ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने विकास बैंकको गैर बैकिङ सम्पत्ति ३ अर्ब ५९ करोड रुपैयाँ छ । फाइनान्स कम्पनीहरूको गैर बैकिङ सम्पत्ति पनि बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूको गैर बैकिङ सम्पत्ति १५ अर्ब ५१ करोड, विकास बैंकको २ अर्ब ३८ करोड र फाइनान्स कम्पनीको यस्तो सम्पत्ति पनि १ अर्ब १९ करोड रुपैयाँ थियो ।

हाल बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात ३.८६ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति उच्च दरमा बढेको हो । वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात ३.७६ प्रतिशत, विकास बैंकको ३.६२ प्रतिशत र फाइनान्स कम्पनीको ९.८७ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्छन्। यसरी सकारेको सम्पत्ति नै गैर–बैंकिङ सम्पत्ति शीर्षकमा राखिन्छ वा यस्तो सम्पत्ति गैर बैंकिङ हो । बैंकले ऋण नउठेका कारण धितो सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम छ ।

कर्जा रिकभरी गर्न बैंकले भएभरको इफोट लगाए पनि सोचेजस्तो प्रगति हुन सकेको छैन । अहिले बैंकबाट कर्जा लिएका ऋणीले कर्जाको ब्याज र किस्ता नतिर्दा बैंक तथा वित्तीय संस्था झन् अप्ठ्यारोमा परेका छन् ।

घरजग्गा धितो राखेर ऋण दिएका बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले त्यही सम्पत्ति बोझ बन्न थालेको छ । पछिल्लो असुल नभएका ऋणीको धितो पनि लिलाम गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेको हो ।

स्ट्यान्डर्ड चार्टर्डको गैर बैकिङ सम्पत्ति नै छैन । यसको अर्थ उक्त बैंकले धितो सकार्न परेको छैन भन्ने हो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म सबैभन्दा बढी गैर बैकिङ सम्पत्ति एनआईसी एशिया बैंकको रहेको छ । यो अवधिसम्म एनआईसी एशिया ४ अर्ब २९ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बढी गैर बैकिङ सम्पत्तिको भएको दोस्रो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा ३ अर्ब १ करोड ६५ लाख गैर बैकिङ सम्पत्ति रहेको छ ।

हिमालयन बैंकको गैर बैंकिङ सम्पत्ति २ अर्ब ७३ करोड ४४ लाख, कुमारी बैंकको २ अर्ब ६० करोड ७९ लाख, नबिल बैंकको २ अर्ब ५९ करोड २८ लाख,लक्ष्मी १ अर्ब ६१ करोड १६ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब ८५ करोड २३ लाख, माछापुच्छ्रे बैंक १ अर्ब १५ करोड ८० लाख, प्रभु बैंकले १ अर्ब २ करोड १९ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ ।

नेपाल एसबिआई ३४ करोड ६० लाख, एभरेष्ट बैंकको ५० करोड ७२ लाख, नेपाल बैंकको गैर बैंकिङ सम्पत्ति २० करोड ५७ लाख रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैंक ३० करोड ५५ लाख,रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ ।

सिद्धार्थ बैंकको ७० करोड ३८ लाख, कृषि विकास बैंकको ९४ करोड ८५ लाख, ग्लोबल आईएमई बैंक ८१ करोड ६९ लाख, सिटिजन्स बैंकले ८१ करोड ६९ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ ।

त्यसैगरि, एनएमबी बैंकको ८९ करोड ६४ लाख र सानिमा बैंकको ६७ करोड ४० लाख रुपैयाँ गैर बैकिङ सम्पत्ति रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स