१० वर्ष पछि वृद्ध भत्ता वितरण नहुने !

काठमाडौं । नेपाल सरकारको मन्त्रीले नै १० वर्ष पछि वृद्ध भत्ता वितरण नहुने बताएका छन् । राज्यलाई ठूलो चाप परेको कारण वृद्ध भत्ता अहिले नै वितरण गर्न मुस्किल भैरहेको अवस्थामा मन्त्रीले १० वर्षको समय राखेर बालेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका हुन् ।

गणेशमान सिंह स्मृति दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्रीले वृद्ध ,वृद्धाहरुलाई सचेत गराएका हुन् ।
उनले रोग लाग्न नदिन समेत भनेका छन् ।

मन्त्री पौडेलको भनाई यथार्यपरक समेत देखिएको छ ।
संघीय सरकारलाई अहिले खर्च व्यवस्थापनमा निकै मुस्किल पर्दै आएका छ ।

चालू खर्च निकै वृद्धि भैरहँदा सरकारलाई खर्च व्यवस्थापनमा मुस्किल गर्न थालेको हो । चालू खर्चमा वृद्ध भत्ता को अंश समेत ठूलो रहेको छ । त्यसकारण पनि मन्त्री पौडेलले आज उक्त विषय व्यक्त गरेको बुझिएको हो ।

मन्त्री पौडेलले कार्यक्रममा नेपालमा अबको २० वर्षभित्र ५० वर्षभन्दा माथिको संख्या बढी हुने दाबी गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स