दुई महिनामा विदेशी लगानीकर्ताले लाभांश र रोयल्टी बापत लगे ४१ करोड

काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएपछि नेपालमा लगानी गर्ने लगानी कर्ताले आफ्नो मुनाफा तथा आम्दानी बापतको हिस्सा ४१ करोड रुपैयाँ लगेको पाइएको छ । विदेशी लगानीकर्ताले स्विकृति लिएर वर्ष भरि आफ्नो मुनाफा लान पाउँछन् ।

साउन र भदौ महिनामा गरेर रोयल्टी बापतको रकम ३५ करोड४१ लाख रुपैयाँ लगेका छन् । भने लाभांश बापतको ६ करोड ४० लाख रुपैयाँ मात्रै लगेका छन् ।

यो रकम लादा विदेशी मुद्रामा लान पाइन्छ । डलर , भारु र युरोमा रकम लगेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ रोयल्टी र १० अर्ब १८ करोड लाभांश बापतको रुपैयाँ विदेशी लगानीकर्ताले लगेका थिए ।

नेपालबाट राम्रो मुनाफा लानेमा युनिलिभर , एनसेल , सूर्य नेपाल, डाबर जस्ता कम्पनीहरु रहेका छन् ।

चालू आर्थिक वर्ष भएपछि नेपालमा खासै ठूलो लगानी आएको छैन । साउन र भदौ महिना सकिदासम्म ठूलो लगानी आउन नसकेको हो ।

यो दुई महिना अवधीमा ५२ वटा उद्योगहरुको लागि स्किकृत हुँदा लगानी प्रतिवद्धता जम्मा ८६ करोड २५ लाख रुपैयाँको मात्रै भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स