सहकर्मीलाई दुर्व्यवहार आरोपमा राष्ट्र बैंकका तत्कालिन निर्देशक आचार्य दोषी ठहर, दुई उच्च पदस्थ व्यक्ति पनि संलग्न

काठमाडौं । नेपाल राष्ट्र बैंकको नगरकोटको एक कार्यक्रममा सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगानामाथि दुर्व्यवहार गरेको आरोपमा नेपाल राष्ट्र बैंकका तत्कालीन निर्देशक थानेश्वर आचार्यलाइ दोषी ठहर भएका छन् । राष्ट्रिय महिला आयोगले आचार्यलाई दोषी ठहर गरेको हो ।

साथमा राष्ट्र बैंकका दुई उच्च व्यक्ति पनि उक्त घटनामा संलग्न रहेको आयोगले ठहर गरेको हो । नगरकोटमा राष्ट्र बैंकले गत पुस २७ गते ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ढुंगानामाथि आचार्यले दुव्र्यवहार गरेको गरेको आरोप थियो ।

जुन विषय पुन काठमाडौं फर्किएपछि अर्को डेपुटी गर्भनर बम बहादुर मिश्र र कार्यकारी निर्देशक देवकुमार ढकालले बल्झाउने प्रयास गरेको महिला आयोगले बताएको छ ।

यो विषयमा आचार्य, मिश्र र ढकाल तीनै जनाको आयोगले बयान लिएको थियो । उक्त बयानको आधारमा आचार्य दोषी रहेको तथा मिश्र र ढकाल समेत संलग्न देखिएको ठहर गरेको हो ।

आयोगले डेपुटी गर्भनर ढुंगानालाई अदालती प्रक्रिया थाल्न समेत भनेको छ । राष्ट्रिय महिला आयोगले आचार्यलाई दोषी ठहर गर्नुका साथै राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र कार्यकारी निर्देशक देवकुमार ढकालको समेत संलग्नता रहेको ठहर गरेको छ । घटनाको विषयमा डेपुटी गर्भनर ढुंगानाले महिला आयोगसमक्ष छानबिनका लागि निवदेन दिएकी थिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स