२६.४४ अंकले नेप्से बढ्दा, यी कम्पनीको मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा पुगेको छ ।

आज २३० कम्पनीको सेयर ५९ हजार ३१६ पटक कारोबार भएको छ । कारोबारमा ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १६२ कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ भने २० कम्पनीको सेयर मूल्य घट्न गई ४ कम्पनीको स्थिर रहन गएको छ ।

महाँलक्ष्मी विकास बैंककोे सेयर मूल्य ४.४६ प्रतिशतले घटेको छ । आज सोमबार कम्पनीको प्रति कित्ता सेयर ७५० रुपैयाँमा कारोवार छ । हिजो आइतबार कम्पनीको प्रति कित्ता सेयर ७८५ रुपैयाँमा भएको थियो । कम्पनीको प्रति कित्ता सेयर मूल्य ३५ रुपैयाँले घटेको छ ।

माउन्टेन ईनर्जी नेपालको सेयर मूल्य २.८४ प्रतिशतले घटेको छ । आज सोमबार कम्पनीको प्रति कित्ता सेयर एक हजार १६५ रुपैयाँमा कारोवार भएको छ । हिजो कम्पनीको प्रति कित्ता सेयर मूल्य एक हजार १९९ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको प्रति कित्ता सेयर मूल्य ३४ रुपैयाँले घटेको छ ।

१०.२५% एसबीएल डिवेन्चर २०८३ को सेयर मूल्य २ प्रतिशतले घटेको छ । हिजो आईतबार कम्पनीको प्रति कित्ता सेयर मूल्य एक हजार २६ रुपैयाँमा कारोवार भएको थियो भने आज कम्पनीको सेयर मूल्य घटेर एक हजार ५.५० कारोबार भएको छ । कम्पनीको प्रति कित्ता सेयरको मूल्य २०.५० रुपैयाँले घटेको छ ।

सोमबार १०.२५% माछापुच्छ्रे बैंक डिवेन्चरको प्रति कित्ता सेयर मूल्य एक हजार ५५ रुपैयाँमा कारोवार भएको छ । हिजो कम्पनीको प्रति कित्ता सेयर मूल्य एक हजार ७६ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको प्रति कित्ता सेयरको मूल्य २१ रुपैयाँले घटेको छ ।

सोमबार एनएमबि ५० को प्रति कित्ता सेयर ११.७६ रुपैयाँमा खरिद बिक्री भएको छ । हिजो आइतबार प्रति कित्ता सेयर ११.९८ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स