माईपेको दशैं मेला, कारोबार गर्दा स्कुटर देखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडवाडको बहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ ।

युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सकिने छ ।

माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सकिने छ । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सकिने छ । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयर बडस्,स्मार्ट वाच, एनालग वाच, चाँदीको औंठी र १०,००० रूपैयाँ बराबरको क्यूटी प्रडक्ट र धेरै गिफट भौचरर डिस्काउन्ट भौचरहरु जित्न सकिने छ ।

यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई ७५ लाख रूपैयाँ बराबरको डिस्काउन्ट/क्यास ब्याक भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १००% नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

ग्राहक महानुभावहरुले यस अफर सम्बन्धी थप जानकरीका लागि माईपेको सामाजिक सञ्जाल तथा वेबसाइटमा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स