नबिल इन्भेष्टमेन्टद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा असोज २३ गते सेन्ट्रल प्लाजा, नारायणचौर, नक्साल, काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ करोड ११ लाख ५७ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव पेश गर्नेछ ।

कम्पनीले प्रतिकित्ता कति प्रतिशत लाभांश दिने भनेर सूचनामा उल्लेख गरेको छैन । साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्ने र सभामा सहभागिता जनाउन पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स