सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई पहिलो, दोस्रोमा नबिल हुँदा अन्यको के छ अवस्था ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनाको साउनमा बैंक तथा वित्तीय संस्थाले १० अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको सो नाफामध्ये ९ अर्ब १७ करोड रुपैयाँ वाणिज्य बैंकको नाफा हो ।

चालु आवको पहिलो महिना साउनमा विकास बैंकहरूले ८५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् भने फाइनान्स कम्पनीहरूले २३ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । साउनमा बैंकले ८९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

दोस्रोमा नबिल बैंक रहेको छ । बैंकले साउनमा ८० करोड ३३ लाख रूपैयाँ नाफा आर्जन गरेको छ ।

तेस्रो स्थानमा भने कृषि विकास बैंक रहेको छ । बैंकले साउनमा कुल ७१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ । नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक ३६ करोड ६ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा ५७ करोड ७५ लाख, स्ट्यान्डर्ड चार्टर्ड ३१ करोड १५ लाख , हिमालयन बैंक ५८ करोड ८० लाख , नेपाल एसबिआई ३३ करोड ३३ लाख, एनआईसी एशिया २६ करोड ६३ लाख, माछापुन्छ्रे बैंक २० करोड २४ लाख, सिटिजन्स बैंकले ३४ करोड २२ लाख, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख नाफा आर्जन गरेको छ ।

त्यसैगरि, एनएमबी बैंकले ४२ करोड ७२ लाख, प्रभु बैंकले ५३ करोड ८० लाख, सानिमा बैंकले ३८ करोड २६ लाख, सिद्वार्थ बैंकले ३४ करोड ८८ लाख, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख र कुमारी बैंकले ५० करोड ३५ लाख नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स