दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७० लाख ६१ हजार कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तमा १०% र हिमालयन हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको ९.९२%, रावा इनर्जीको ५.३७%, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.३२%, अप्पर लोहोरे खोलाको ४.४०%, मन्छियम हाइड्रोपावरको ३.८४%, ग्रीन भेन्चरको ३.४२%, नेपाल एसबीआई डीबेन्चरको २.८३%, एनसीसी डिबेन्चरको २.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स