सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

नेप्सेले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्ममा बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्था अनुसार वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।

सूचीकृत कम्पनीहरुलाई ग्लोबल आइएमई बैंक, कमलादीमा गई नेप्सेको आधिकारीक बैंक खातामा नवीकरण शुल्क बुझाउन भनेको छ ।

नेप्सेले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी रहेको कम्पनीका वार्षिक नविकरण शुल्क लाग्ने ५० हजार रुपैयाँ लाग्ने जनाएको छ। त्यसैगरी, ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजीका भएका कम्पनीले नवीकरणबापत १ लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ।

नेप्सेले डिबेञ्चर, म्युचुअल फण्डको चुक्तापुँजी ५० करोडसम्म भएकाले २५ हजार र ५० करोडभन्दा बढी भएकाले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नु पर्ने जनाएको छ।

तोकिएको समय अवधिमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने नेप्सेको भनाइ छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स