इजरायल रोजगारीमा छनौट भएका कामदारले यी अस्पतालबाट स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिन सक्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण प्रमाणपत्र पेश गर्न आग्रह गरेको छ ।

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा जाने कामदारलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारीत्रिक प्रमाणपत्र पेश गर्न विभागले आग्रह गरेको हो ।

इजरायल जान छनौट भएका उम्मेदवारहरूले तोकिएको स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य परीक्षण गर्न र चारित्रिक प्रमाणपत्रको लागि अनलाइनमार्फत् अनलाइन आवेदन दिन सक्नेछन् ।

विभागलाई स्वास्थ्य परीक्षणको प्रमाणपत्र सम्बन्धित अस्पतालबाटै उपलब्ध हुने र प्रहरी चारित्रिक प्रमाणपत्रको हकमा  स्क्यान गरी प्रत्येक उम्मेदावर स्वयंमले विभागको अनलाइनमा मंसिर ५ गतेसम्ममा पेश गर्न अनुरोध गरेको छ ।

विभागका अनुसार कात्तिक २९ गतेबाट मंसिर ५ गतेसम्ममा ५ सय उम्मेदवारको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

उम्मेदवारले ललितपुरको स्टार हस्पिटल, मन्डिखाटारको ह्याम्स हस्पिटल, भैसेपाटीको नेपाल मेडिसिटी अस्पताल र स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेजबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न सक्नेछन् ।

इजरायल रोजगारीमा परीक्षा पास भई छनौट भएकोमा ३५० जना महिला र १५० जना पुरुष रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स