दोबाटोमा मुस्कान छर्दै

दोबाटोमा मुस्कान छर्दै यात्रा अन्तै मोड्यौ
तिमी गयौ अन्तै कतै झल्को यतै छोड्यौ।।

कहाँबाट आयौ तिमी कताको थ्यो यात्रा
कुन संयोगले भेट भयो रह्यो याद मात्र
लुकाउन बैँस तिम्ले लाजको सप्को ओढ्यौ
मुस्कान लियौ आफैसँग झल्को यतै छोड्यौ।।
दोबाटोमा मुस्कान छर्दै…….

कति भेट यस्ता बन्छन् रहर बढाई दिने
थाहै नदिई मन मुटु भित्रै चुडाई लिने
एकहोरो जिन्दगीमा आई ध्यान तोड्यौ
तिमी गयौ सपना जस्तै याद यतै छोड्यौ।।
दोबाटोमा मुस्कान छर्दै……..

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स